'सत्तारुढ गठबन्धनले स्वार्थका लागि राष्ट्रको हितमाथि खेलवाड गर्यो' : अध्यक्ष ओली

 काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले स्वार्थका लागि राष्ट्रको हितमाथि खेलवाड गरेको आरोप लगाएका छन् ।

शुक्रबार किर्तिपुरमा अखिल स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई उद्घाटन गर्दै अध्यक्ष ओलीले बहुमत नभएका पार्टीहरु एक ठाँउ मिलेर स्वार्थ बाड्दै राष्ट्रको हितमाथि खेलवाड गरेको आरोप लगाएका हुन् । ओलीले मुलुकमा संसद भएपनि प्रधानमन्त्री प्रचण्डले आफुलाई दिल्लीले प्रधानमन्त्री बनाएको प्रमाण बोलेको र यस्ता धेरै प्रमाणहरु बाहिर आउन बाँकी रहेको जिकिर गरे ।

भारतले नेपालमा सरकार बनाउछु भनेर नभनेको अवस्थामा नेपालका प्रधानमन्त्रीले नै नेपालको सार्वभौमसत्ता विपरित राखेको अभिव्यक्ति साधारण विषय नभएको उनले बताए । त्यस्तै उनले राष्ट्रपतिबाट यसअघि नै मृत अवस्थामा पुगेको नागरिकता विधेयकलाई संविधान मिचेर नै प्रमाणीकरण गरेको आरोप लगाए । गठजोडको अराजनीतिक भागबन्डा, स्वार्थहरुको कित्ताकाटको कारणले अहंकार पलाएर संविधान नमान्ने ठाउँमा गठबन्धन पुगिसकेको उनले बताए ।