बालुवाटारमा सत्तारुढ चार दलको वैठक जारी

काठमाडौँ - राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँड टुंगो लगाउन बालुवाटारमा सत्तारुढ चार दलको बैठक बसिरहेको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरु अहिले छलफलमा छन् ।

शनिबार मध्यरात सम्पन्न बैठकले बागमती र गण्डकी बाहेकका प्रदेशमा लगभग सहमति जुटाइसकेको छ । यहाँ नेकपा एकीकृतलाई पनि भाग दिनुपर्ने भएकाले अहिले बैठक आह्वान भएको नेताहरुले बताएका छन् । आजको बैठकले सहमति जुटाउने एक नेताले जानकारी दिए ।