कांग्रेस जिल्ला सभापतिहरूको बैठक ललितपुरमा जारी

ललितपुर - नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक पार्टी केन्द्रीय कार्यालयमा शुरु भएको छ ।

बिहीवार मध्यान्ह ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको हो । दुई दिन सञ्चालन हुने बैठकमा पार्टी सदस्यता वितरण, नवीकरण र पार्टी सञ्चालन विधिबारे छलफल हुनेछ ।