एकीकृत समाजवादीको नवनिर्वाचित कमिटीको पहिलो बैठक जारी  

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा शनिबार बैठक बसेको हो ।

शुक्रबार सकिएको उक्त पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनबाट ९३ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत चयन गरिएको थियो । एकीकृत समाजवादीको केन्द्रीय कमिटी २९९ सदस्यीय हो । अरू सदस्य चयन गर्न बाँकी छ ।