पुर्व राष्ट्रपति यादव भन्छन्– 'यो सरकारले गरेको काम मलाई ठिक लागेन' 

काठमाण्डौँ - नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले वर्तमान सरकारका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । काठमाडौंमा ‘बीपी वाद’ नामक पुस्तकको लोकार्पण गर्दै प्रथम राष्ट्रपति यादवले अहिलेको सरकारले र अहिलेको नेपाली कांग्रेससहितका पार्टीहरुले राम्रो काम गर्न नसकेको टिप्पणी गरे । 

उनले देशमा शिक्षा, स्वास्थ्य, कृषिको अवस्था दयनीय भएको उल्लेख गर्दै दैनिक हजारौँ मानिसहरु विदेश गइरहेकोप्रति पनि गुनासो गरे । उनले देश निर्माणका लागि कसैले पनि अब पछि फर्किएर हेर्ने छुट र समय नरहेको बताए ।