एमालेले राष्ट्रियसभाको १९ सिटमै उम्मेदवारी दिने, ६ केन्द्रीय सदस्य थप

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभाको १९ वटै सिटमा उम्मेदवारी दिने तयारी गरेको छ । पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा सिफारिस भएर आएका उम्मेदवारहरुबारे क्लस्टरअनुसार छलफल गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनले भने, ‘उम्मेदवारको बिषयमा हामीले प्रारम्भिक छलफल गरेका छौं । हामीले २३ गते १९ सिटमै उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छौं ।’

नेकपा एमालेले ६ जना केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेको छ । सचिवालय बैठकले ६ जना केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेको हो । तुलसी न्यौपाने, केशव पाण्डे, दामोदर भण्डारी, रामअवतार यादव, विनोद शाह र दीपक कार्कीलाई केन्द्रीय सदस्य बनाउने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।