कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक किन सर्‍यो ? 

काठमाडौँ - नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बोलाइएको बैठक आइतबार १ बजेसम्मलाई सारिएको जानकारी दिए । 

उनका अनुसार मुलुकको समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको हो। कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उपस्थित हुन पार्टी पदाधिकारी एवं सदस्यलाई अनुरोध गरेको छ।