एकीकृत समाजवादी : उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्षसहित ३ नेतालाई 

काठमाडौँ - सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपालसहित ३ नेतालाई दिएको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले राष्ट्रियसभा सदस्य उम्मेदवार चयनको जिम्मा अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूसाललाई दिने निर्णय गरेको हो ।