सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहीन

काठमाडौँ - सत्तारुढ गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आगामी माघमा हुने राष्ट्रियसभा निर्वाचनमा सदस्यको भागबण्डाका विषयमा छलफल गर्न बसेको बैठक बिनानिष्कर्ष टुंगिएको हो ।

जसपा अध्यक्ष उपेन्द्र यादवका अनुसार सामान्य छलफल भएर बैठक सकिएको छ ।