विप्लव पक्राउ पुर्जी जारीको विरोधमा तीनदिने आन्दोलन घोषणा

काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहित चारजना नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको विरोधमा पार्टीले आन्दोलनको घोषणा गरेको छ ।

काठमाडौं जिल्ला अदालतले महासचिव विप्लव, पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, माइला लामा, अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्कीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । पार्टीले आज विज्ञप्ति जारी गर्दै तीनदिने आन्दोलनको घोषणा गरेको हो ।

आन्दोलनअन्तर्गत मंगलबार मसाल जुलुस, बुधबार न्यायाधीशको पुतला दहन र आउँदो बिहीबार देशव्यापी प्रदर्शन गरिने जनाइएको छ ।