काठमाडौँको नयाँ सीडीओमा जितेन्द्र बस्नेत

काठमाण्डौँ - काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी जितेन्द्र बस्नेतले पाएका छन् । हालका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको सचिवमा बढुवा भएपछि गृह मन्त्रालयका शान्ति, सुरक्षा महशाखा प्रमुख बस्नेतलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारी बनाईएको हो । 

बस्नेतले प्रमुख जिल्ला अधिकारीका रुपमा गोरखा, चितवन, पर्सामा काम गरिसकेका छन् ।