एमाले अध्यक्ष ओली र रवि लामिछानेबीच भेटवार्ता

 काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

सभापति लामिछाने शुक्रबार अध्यक्ष ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका हुन् । अध्यक्ष ओलीसँगको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ ।