'धरान श्रम सँस्कृतिका लागि विश्वमै अनुकरणीय' : बालेन

सुनसरी - काठमाडौँ महानगरका मेयर बालेन बालेन्द्र शाहले धरानका मेयर हर्क साम्पाङ राईलाई आकाश भैरवको प्रतिमा उपहार दिएका छन् । आज धरान उत्सवको उद्घाटनमा धरान पुगेका मेयर शाहले आकाश भैरवको उपहार दिएका हुन् ।

कार्यक्रममा मेयर शाहले धरान उपमहानगरपालिको प्रशंसा समेत गरेका छन् । धरानको श्रम संस्कृति विश्वका लागि अनुकरणीय भएको उनले बताएका छन् । उनले धरानमा शुरु भएको श्रम संस्कृति देश मात्रै नभएर विदेशमा समेत अनुकरणीय भएको बताए । 

उनले काठमाडौंभन्दा पनि धरान फेसनमा अगाडि रहेको बताए । ‘धरान डे’ को विशिष्ट अतिथिको रूपमा आएका बालेनले धरानको श्रमसंस्कृति समेत अनुकरणीय रहेको बताए ।