राष्ट्रिय सभा निर्वाचन : आज मतदाता नामावली प्रकाशन हुँदै

काठमाडौँ - राष्ट्रिय सभा निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन हुँदैछ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले आज मतदाता नामावली प्रकाशन गर्न लागेको हो ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । आयोगले पछिल्लो राष्ट्रिय जनगणनाअनुसार कूल जनसंख्यालाई आधार मानेर राष्ट्रिय सभा निर्वाचनका लागि यसपालि नयाँ मतभार कायम गरेको छ ।