राष्ट्रिय सभाको उपनिर्वाचनको कार्यतालिका स्वीकृत, मतदाता नामावली पुस २० गते

काठमाण्डौँ - निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनको कार्यतालिका स्वीकृति गरेको छ । कार्यतालिकाअनुसार यही पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित हुनेछ ।

कार्यतालिका प्रकाशित भएपछि सातवटै प्रदेशमा मतदाता नामावली संकलन गरिने छ । राष्ट्रिय सभाको निर्वाचनका लागि गाउ“पालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाको मेयरउपमेयर र प्रदेश सभाका सांसदहरू मतदाता रहने छन् ।

 अहिले विभिन्न गाउ“पालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रदेशसभाका सांसद्हरू रिक्त रहेकोले सोहीअनुसार मतदाता नामावली अद्यावधिक गरिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए । 

सबै प्रदेशमा निर्वाचन कार्यालय खोल्ने, उच्च अदालतका मुख्य न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोक्ने आयोगले जनाएको छ । त्यसै गरी दलहरूसँग आधिकारिक हस्ताक्षर माग, मतदाता शिक्षा कार्यक्रम सञ्चालन, उम्मेदवारी दर्तालगायतका कार्यक्रमको गृहकार्य भइरहेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।