'मन्त्रिपरिषद पुनर्गठन हुँदैन' : प्रधानमन्त्री दाहाल 

 काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  मन्त्रिपरिषद पुनर्गठनको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

कोप २८ मा सहभागी भई स्वदेश फिर्ता भएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले वर्तमान सरकार गठन भएदेखि नै त्यसको चर्चा चलेका भन्दै उनले त्यसमा कुनै सत्यता नभएको बताए ।