अध्यक्ष ओलीले दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणस्थल अवलोकन गर्ने

 दैलेख - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणस्थलमा स्थलगत अवलोकन गर्ने भएका छन् । 

अध्यक्ष ओलीले पेट्रोलियम पदार्थ अन्वेषणस्थल जलजलेमा अवलोकन तथा सार्वजनिक भेटघाट गर्ने भएका हुन् । उनले आज दिउँसो साढे २ बजे पेट्रोलियम पदार्थ अन्वेषणस्थल अवलोकन गर्नेछन् । त्यसलगत्तै दैलेखको पञ्चकोशी तीर्थस्थलअन्तरर्गत सदियौंदेखि ज्वाला बलिरहेको श्रीस्थान र नाविस्थानको अवलोकन भ्रमण गर्ने कार्यक्रम तय भएको एमाले दैलेखका कार्यबाहक अध्यक्ष प्रेमबहादुर बुढाले बताए ।