कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि सुरु, सभापति देउवाले उद्घाटन गर्दै

 बुटवल- सत्तारुढ नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि बुटवलमा शुरू हुँदैछ । बुटवल रामनगरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा शुरू हुने सम्मेलन दुई दिनसम्म चल्नेछ । सम्मेलनको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन कार्यक्रम छ ।

शनिबार उद्घाटन सत्र तथा आइतबार बन्द सत्र हुनेछ । सम्मेलनमा ६७५ जना प्रतिनिधि सहभागी हुने कांग्रेस प्रदेश सभापति अम्बरसिंह पुनले बताए । सम्मेलनमा पार्टीको पुस १६ गते हुने केन्द्रीय महासमितिको नीति अधिवेशनमा सुझाव पेश गर्नेगरी छलफल हुनेछ । त्यस्तै समसामयिक विषय र विधान संशोधनबारे छलफल हुने पुनले बताए ।