पेरिस सम्झौता कार्यान्वयन छिटो गर्नुपर्नेमा प्रधानमन्त्री दाहालको जोड 

काठमाण्डौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेरिस सम्झौता कार्यान्वयन छिटो गर्नुपर्नेमा जोड दिएका छन् । कोप–२८ मा अवसरमा आज उनले हिमालका मुद्दा सम्बन्धमा आयोजना गरेको उच्चस्तरीय कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री दाहालले भने, ‘पेरिस सम्झौताअनुसार पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियलमा सीमित गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न ढिला भइसक्यो, यसले पनि हिमालमा ठूलो असर पर्ने र सङ्कट आइसकेको छ ।’ उनले यस सम्मेलनबाट स्थापना हुन लागेको जलवायुजन्य हानिनोक्सानी कोष सहयोग समतामूलक रुपमा हुनुपर्ने, प्रक्रिया सहज र पारदर्शी हुुनुपर्ने तथा नेपाल जस्ता मुलुकले लाभ लिन पाउनु पर्नेमा जोड दिए ।

यही मंसिर १४ गतेदेखि सुरु भएको कोप–२८ सम्मेलन मंसिर २६ गते नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख सम्म चल्नेछ ।