कीर्तिमानी आरोही निर्मल पुर्जामाथि यौन दुर्व्यवहारको आरोप

काठमाडौँ । कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स) माथि यौन दुर्व्यवहारको आरोप लागेको छ ।

अमेरिकी अखबार ‘द न्यूयोर्क टाइम्स’सँग कुरा गर्दै पूर्वमिस फिनल्याण्ड लोता हिन्स्टाले ३० मार्च २०२३ मा काठमाडौँ आएका बेला एक होटलमा पुर्जाले दुव्यर्वहार गरेको भनेकी छन् ।

डिसेम्बरमा प्रकाशन भएको आफ्नो संस्करणात्मक पुस्तक ‘द माउन्टेन्स अफ माई लाइफ २’ मा पनि उनले एक जना चर्चित आरोहीसँग अप्रिय घटना भएको उल्लेख गरेकी थिइन् ।

उनले सन् २०२३ मा काठमाडौँको एक होटलमा निर्मल पुर्जाले जबरजस्त चुक्बन गरेको, लुगा खोल्दै ब्रासम्म उतार्न खोजेर जबरजस्त गरेको बताएकी छन् ।

आफ्नो फिनिस भाषामा प्रकाशन भएको आत्मकथामा काठमाडौँमा भएको यो घटनाको उल्लेख गर्दा एक चर्चित आरोहीबाट हिंसा भएको बताएकी उनले न्यूयोर्क टाइम्ससँग त्यो चर्चित आरोही निर्मल पुर्जा भएको बताएकी हुन् ।

आफूले पुर्जाको जबरजस्तिलाई अस्वीकार गरेपछि उनले हस्तमैथुन गरेर छोडेको उनको आरोप छ । यस अगाडि पनि केही महिना अगाडि सामाजिक सन्जाल इन्स्टाग्राममा बेनामे आईडीबाट पुर्जाले यौन हिंसा गरेको आरोप लागेको थियो । आरोप लाउनेहरु खुलेर आएको खबर चाहिँ आज प्रकाशन भएको न्यूयोर्क टाइम्सको खबरमा मात्र हो ।

न्यूयोर्क टाइम्सका अनुसार, यो आरोपमाथि निम्सले भने प्रतिक्रिया दिन चाहेनन् । यद्यपि, उनका वकिल फिलिप केलीले लिखित जवाफ दिँदै ‘आरोप झुठो र अपमानजनक भएको’ बताएको रिपोर्टमा उल्लेख छ ।