एसपीमा बढुवाका लागि चार डीएसपीको नाम सिफारिस 

काठमाडौँ । नेपाल प्रहरीप्रधान कार्यालय नक्सालले प्रहरी उपरीक्षक (एसपी) मा चारजनालाई बढुवाका लागि सिफारिस गरेको छ ।

जनपद प्रहरी समूहतर्फको रिक्त चार प्रहरी उपरीक्षक पदमा प्रहरी नायव उपरीक्षकहरूलाई बढुवाका लागि सिफारिस गरिएको हो ।

प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप–नियम (४) अनुसार बढुवा सिफारिस हुनेहरूमा प्रदीपबहादुर क्षेत्री, नारायण रंजितकार, अनन्तराम शर्मा र  एकनारायण कोइराला छन् ।