देशभर प्रि-मनसुन झरि : अझै केही दिन निरन्तर पानी पर्ने सम्भावना

 काठमाडौँ - अझै केहि दिन मौसम नखुल्ने भएको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका धेरै ठाउँमा पानी परिरहेको छ । आज पहाडीसहित तराईका जिल्लामा हल्कादेखि मध्यम वर्षा भईरहेको छ । 

पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावका कारण मौसम बदली भइ पानी परेको हो । यो क्रम बुधवारसम्म नै रहने अनुमान गरिएको छ ।