धादिङको धुनिवेशी र थाक्रे जोड्ने पुलको एकापट्टीको भाग बर्षाले भासियो, गाडी एकतर्फी सञ्चालन

 धादिङ - पृथ्बीराजमार्ग अन्तर्गत धादिङको धुनिवेशी र थाक्रे जोड्ने गणेशखोला पुलको एकापट्टीको भाग बर्षाले भासिएको छ । सडक बिस्तारका क्रममा अर्को पुल बन्दै गर्दा यो पुलको तलतिरको भागमा बढी खनिएका कारण पुरानो पुलको एकातर्फको भाग भासिएको हो । अहिले एक तर्फी गाडी  सञ्चालन भईरहेको छ ।