काठमाडौँमा छाप नलगाइएको मासु बेच्न बन्देज, २२७ जना निरीक्षणमा खटिए
‘पशु वधशाला तथा मासु जाँच ऐन २०५५’ कार्यान्वयनको अन्तिम तयारीमा सरकार जुटेको छ । गत भदौ १ गते नै राजपत्रमा सूचना सार्वजनिक गरेर सरकारले थन्किएको मासु जाँच ऐनलाई तीन चरणमा कार्यान्वयन गर्ने घोषणा गरिसकेको छ । यस अन्तर्गत पहिलो चरणमा अब मंसिर १ गतेबाट काठमाडौँ उपत्यकामा यो ऐन लागू हुँदैछ ।
