SHARE
कालिका खबर · आइबार​ १८ असो २०८३ ०५:०३ PM · 1 मिनेट पढाइ

महालक्ष्मी विकास बैंकको ‘महा सोमबार’ योजना, दराजमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । महालक्ष्मी विकास बैंकले डिजिटल कारोबार प्रवर्द्धन, ग्राहक सुविधा अभिवृद्धि तथा सुरक्षित र नगदरहित बैंकिङ कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘महालक्ष्मी महा सोमबार’ योजना सञ्चालन गर्ने भएको छ। योजनाअन्तर्गत महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकले हरेक सोमबार दराज नेपालमार्फत अनलाइन सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्। बैंकका डेबिट कार्डवाहक ग्राहकले दराज नेपालमार्फत न्यूनतम १ हजार ९९९ रुपैयाँ बराबरको सामान खरिद गर्दा १० प्रतिशत वा अधिकतम ७५० रुपैयाँसम्म छुट प्राप्त गर्नेछन्।