चौधरी ग्रुपले जेन्जी आन्दोलनका प्रत्येक शहिद परिवारका एक सदस्यलाई रोजगारी दिने
चौधरी ग्रुपले जेन्जी आन्दोलनका प्रत्येक शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने भएको छ। सिजी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आज यो घोषणा गरेका हुन् । यो केवल वाचा मात्र नभई आफ्नो गहिरो कर्तव्य र श्रद्धा भएको उनले उल्लेख गरेका छन्।
