राष्ट्र बैंकद्वारा शेयरबजार मैत्री ३ वटा निर्देशन जारी, शेयर धितोकर्जाको लिमिट हट्यो
नेपाल राष्ट्र बैंकले शेयरबजारसंग सम्बन्धित सर्कुलर जारी गरेको छ। राष्ट्र बैंकले आज साँझ सर्कुलर जारी गरेको हो । निर्देशन अनुसार राष्ट्र बैंकले शेयर धितो कर्जाको अधिकतम सीमा हटाएको छ। यस अघि कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल रु.२५ करोड कायम थियो ।
