सीएसआईटी प्रविधि मेलामा करियर र नवप्रवर्तनमा विद्यार्थी र अभिभावकको चासो
सीएसआईटी एसोसिएसन अफ नेपाल (सीएसआईटीएन)द्वारा आयोजित प्रविधि मेलामा करियर र नवप्रवर्तनमा विद्यार्थी र अभिभावकले उल्लेख्य चासो देखाएका छन् । काठमाडौंको मैतिदेबीस्थित लर्डबुद्ध एजुकेशन फाउण्डेशन एलबीईएफमा आयोजित कार्यक्रममा विद्यार्थी, युवा, प्रविधि व्यवसायी, उद्यमी र रोजगारदाताको सहभागिता रहेको थियो ।
