युक्रेनमा भारतीय व्यवसायीको औषधि कारखानामा रुसी ड्रोन हमला, अर्बौँको क्षति, एकजनाको मृत्यु
काठमाण्डु- रुसले युक्रेनको सूमी सहरस्थित भारतीय व्यवसायी राजीव गुप्ताको औषधि उत्पादन गर्ने कारखानामा ड्रोन हमला गरेको छ। उक्त हमलामा एक जनाको मृत्यु भएको छ भने अरू केही घाइते भएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार रुसी ड्रोन हमलाबाट कारखानाको मुख्य भवनमा ठूलो क्षति पुगेको छ। भवनको अधिकांश भाग ध्वस्त भएको छ।
