ओलीको आक्रोश : देशमा राज्य आतंक र गुण्डाराज चलिरहेको छ, आन्दोलनमा जानुको विकल्प छैन
काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले राज्य आतंक मच्चाएको आरोप लगाएका छन्। सरकार अहिले गुण्डाराज र फासीवादतर्फ अघि बढेको गम्भीर आरोप लगाउँदै ओलीले आन्दोलनको तयारी गर्नुपर्ने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा ओलीले देशको स्वतन्त्रता र स्वाधीनता कमजोर बन्दै गएको बताए।
