चक्रवात अर्नबको उपद्रो : भारतको आन्ध्र प्रदेशमा तीन जनाको मृत्यु, ५७ हजार विस्थापित
नयाँदिल्ली- बंगालको खाडीबाट विकसित चक्रवात ‘अर्नब’का कारण भारतको आन्ध्र प्रदेशमा ठूलो क्षति पुगेको छ। तीव्र हावाहुरी र भारी वर्षाका कारण तीन जनाको मृत्यु भएको छ भने ५७ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। चक्रवातका कारण रेल र हवाई यातायातसमेत प्रभावित भएको छ।
