कांग्रेस महाधिवेशनलाई विदेशी दल र नेताहरूले दिए शुभकामना
काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई विभिन्न देशका राजनीतिक दल तथा नेताहरूले शुभकामना दिएका छन्। कांग्रेसको महाधिवेशन सफलताको शुभकामना दिनेमा भारतको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीन र प्रमुख प्रतिपक्षी दल इन्डियन नेसनल कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खर्गे छन्।
