मञ्जुश्री फाइनान्सको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण तथा साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज २२ गतेका लागि बुक क्लोज मिति तोकेको छ । यसकारण आज असोज २१ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीको उक्त लाभांश पाउन र साधारणसभामा सहभागी हुन योग्य हुनेछन् ।
