SHARE
अन्नपूर्ण · आइबार​ १८ असो २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

बालिका अपहरणका आरोपितलाई गोली हानेर नियन्त्रणमा लिइयो

भैरहवा :  रुपन्देहीमा एक नाबालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका–१७ दरखसवाका २७ वर्षीय विशाल उर्फ युवराज थारु रहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार,गत बुधबार राति घरभित्र सुतिरहेको अवस्थामा तिलोत्तमा नगरपालिकाको १० वर्षीया बालिकाको अपहरण भएको थियो। खोजतलासको क्रममा बालिकाको शुक्रबार साँझ तिलोत्तमाको कान्छी बजारस्थित जंगलबाट सकुशल उद्धार गरिएको थियो ।