सेप्टेम्बर महिनामा ७८ हजार ७ सय पर्यटकले गरे नेपाल भ्रमण
सन् २०२५ को सेप्टेम्बर महिनामा ७८ हजार भन्दा बढी विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन् । पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार सेप्टेम्बर महिनामा ७८ हजार ७११ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । यसमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक छन् । यस महिनामा भारतबाट १५ हजार ५५६ जना पर्यटक नेपाल आएका छन् ।
