SHARE
अन्नपूर्ण · आइबार​ १८ असो २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

जितिया पर्वको पौराणिक मान्यता र परम्परा

महोत्तरी : भनिन्छ, आमा एउटा यस्तो शब्द हो जुन आफैंमा महान् हो। आमालाई त्यसै मायाकी खानी भनिएको होइन। उनीहरूले जीवनभरि नै आफ्ना सन्तानका निम्ति त्याग गरेकै हुन्छन्। त्यसैले त आमालाई ममतारूपी भगवान् भनिएको छ।हरेक युगमा आमाले छोराछोरीको लागि त्याग गरेकै पाइन्छ। सन्तानको सुख, शान्ति, दीर्घायु अनि कल्याणका निम्ति हरसम्भव परीक्षा दिएकै हुन्। एक गाँस समेत नखाइकन आमाहरू सन्तानको भरणपोषणमा जीवन बिताएकी हुन्छन्। त्यसैले त अन्य नाताभन्दा आमा शब्द प्यारो अनि पूजनीय भएको हो।