कांग्रेस महाधिवेशनमा नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म
काठमाडौं : नेपाली कांग्रेसले १५ औँ महाधिवेशन विगतको महाधिवेशनभन्दा फरक ढंगले गर्न लागिएको जनाएको छ। गत विशेष महाधिवेशनबाट विधानमा गरिएको संशोधनलाई कार्यान्वयन गर्दै यसपटक युवा, महिला तथा विभिन्न समुदायको प्रतिनिधित्वदेखि महाधिवेशन सञ्चालन र प्रचारशैलीसम्म नयाँ अभ्यास गर्न लागिएको कांग्रेसले जनाएको छ। यसपटक कांग्रेसले वडादेखि केन्द्रसम्म युवाको सहभागिता बढाउने गरी विधानमै ३५ वर्षमुनिका युवालाई समेट्ने गरी व्यवस्था गरिएको छ।
