अर्थतन्त्र शिथिल, लगानी ठप्प
काठमाडौं : बैंक तथा वित्तीय संस्थासँग १३ खर्ब ६३ अर्ब रुपैयाँ अतिरिक्त तरलता छ। नेपाल राष्ट्र बैंकका अनुसार १० खर्बभन्दा बढी त लगानीयोग्य रकम नै छ।’ पैसा थुप्रिएसँगै बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर घटाएर ४ देखि ५ प्रतिशतसम्म पुर्याएका छन्। तैपनि उनीहरूले ऋण प्रवाह गर्न सकेका छैनन्।त्यसैकारण राष्ट्र बैंकले हप्तैजसो बैंक तथा वित्तीय संस्थाबाट पैसा खिचेको खिच्यै छ।
