SHARE
अन्नपूर्ण · आइबार​ १८ असो २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

भारत लैजाँदै गरेको ९ हजार किलो फर्सीको बिउसहित ट्रक नियन्त्रणमा

भैरहवा : नेपालबाट भन्सार छलेर ठूलो परिमाणमा भारत लैजान थालिएको फर्सीको बीउ भैरहवा भन्सार कार्यालयले बरामद गरेको छ। भारत जान थालेको भारतीय एचआर ३८ एए २८३४ नम्बर प्लेटको ट्रकलाई  बेलहिया सीमानाकामा चेकजाँच गर्दा करिब ९ हजार किलो फर्सीको बीउ बरामद भएको भैरहवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले जानकारी दिए ।