नयाँ संस्करणमा नेपा एप
काठमाण्डु- नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै सञ्चालनमा रहेको नेपा एपले आफ्नो नयाँ संस्करणमार्फत दैनिक जीवनमा उपयोगी हुने १० भन्दा बढी नयाँ उपकरण थप गरेको छ । एपलाई थप उपयोगी, सहज र बहुउद्देश्यीय बनाउने उद्देश्यले नयाँ उपकरणहरू थप गरिएको हो ।
