काठमाडौँ एयरपोर्टबाट आन्तरिक उडान सुरु
निरन्तरको वर्षाका कारण शनिबारदेखि बन्द रहेको आन्तरिक हवाई उडान आइतबार बिहानैबाट सुरु भएको छ । त्रिभुवन विमानस्थल कार्यालयले मौसम अनुकूल रहेका विमानस्थलहरुमा आन्तरिक उडान सुरु भएको जानकारी दिएको हो । विमानस्थल कार्यालयका अनुसार नेपालगञ्ज, भद्रपुर, पोखरा र सुर्खेत विमानस्थलमा आन्तरिक उडान सुरु गरिएको छ । अन्तर्राष्ट्रिय उडान भने हिजो बेलुकीदेखि नै नियमित छ ।
