काठमाडौँको अवस्था सामान्य, यी स्थानमा अझै भारी वर्षाको सम्भावना कायमै
बङ्गालको खाडीमा विकसित भएको मनसुनी वायुको प्रभाव काठमाडौँ उपत्यकामा कम हुँदै गएको छ । आइतबार बिहानैबाट काठमाडौँको अवस्था सामान्य छ । तर, कोशी, मधेस, बागमतीका केही जिल्ला र गण्डकी प्रदेशका अधिकांश स्थानहरुमा मौसम पूर्ण बदली रहने अनुमान गरिएको छ ।
