बाढी र पहिरोको कहरः १९ जनाको मृत्यु, ८ जना बेपत्ता
शुक्रबार रातीदेखिको वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोमा परी हालसम्म १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये इलामका १४ जना, रौतहटका ३ जना, खोटाङका १ जना र उदयपूरका १ जना रहेका छन् । रौतहटका ३ जनाको भने चट्याङ लागेर मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
