बाढी र पहिरोका कारण १०५ मेगावाटका १३ आयोजनाको बिजुली उत्पादन बन्द
निरन्तरको वर्षाबाट उत्पन्न बाढी तथा पहिरोका कारण १३ जलविद्युत आयोजनाको उत्पादन बन्द भएको छ । बाढी तथा पहिरोका कारण १०५ मेगावाट क्षमताका १३ जलविद्युत आयोजनाको उत्पादन बन्द भएको हो । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अनुसार हालसम्म सञ्चालनमा रहेका १०५.४ मेगावाट क्षमताका १३ आयोजनाबाट विद्युत उत्पादन बन्द भएको छ ।
