SHARE
कालिका खबर · शनिबार १७ असो २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

भारतले पाकिस्तानलाई दियो २१२ रनको लक्ष्य

काठमाडौं । एसियाली खेलकुदको पुरुष क्रिकेटअन्तर्गत फाइनल खेलमा भारतले पाकिस्तानलाई २१२ रनको लक्ष्य दिएको छ । जापानको कोरोजी स्पोर्ट्स पार्कमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २११ रन बनाएको हो । भारतका लागि अभिषेक शर्माले सर्वाधिक ६१ रन, तिलक वर्माले ५१ रन बनाएका थिए ।