सीमावासीसँग बडा दशैं कार्यक्रम : सशस्त्र प्रहरी उपरीक्षक भट्टको सक्रियतामा विपन्न परिवारलाई राहत
पर्सा । बडा दशैं २०८२ को अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण, हे.क्वा. पर्साले “सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम” अन्तर्गत जिल्लाको बीरगंज महानगरपालिका–१६, पशुपतिनगर स्थित दलित बस्तिमा विशेष सामाजिक तथा मानविय कार्यक्रम सम्पन्न गरेको छ। सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको प्रमुख आतिथ्यमा रहेको थियो भने कार्यक्रम गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टको सक्रिय पहल र नेतृत्वमा बिपन्न समुदायका विद्यार्थी, अभिभावक तथा स्थानीय बासिन्दालाई शैक्षिक सामाग्री र दैनिक प्रयोगका सामग्रीहरू वितरण गरिएको हो।
