सोमबारदेखि बन्द हुँदै सुपथ मूल्य र कम स्पीडका इन्टरनेट प्याकेज
इन्टरनेट सेवा प्रदायकहरुले सुपथ मूल्य र कम स्पीडका इन्टरनेट प्याकेज बन्द गर्ने भएका छन् । इन्टरनेट सेवा प्रदायक संघ नेपालका अनुसार सेवा प्रदायकहरुले दिंदै आएको सुपथ मूल्यका र कम स्पीडका प्याकेजहरु २०८३ असोज १९ गते सोमबारदेखि उपलब्ध गराउने छैनन्।
