SHARE
पर्दाफास · बिहीबार १५ असो २०८३ ०६:२७ AM · 1 मिनेट पढाइ

संसद् पुग्यो संघीय निजामती ऐनसम्बन्धी विधेयक, पारित भए कर्मचारीमा नयाँ नियम लागू हुने

‘संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ संघीय संसद्मा पुगेको छ। बिहीबार विधेयक सचिवालयमा आइपुगेको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय निजामती सेवा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको थियो।