SHARE
पर्दाफास · शुक्रबार​ ७ कात्िक २०८३ ०१:३७ AM · 1 मिनेट पढाइ

एनडीटीभी वर्ल्ड समिटमा सहभागी हुन अर्थमन्त्री वाग्ले दिल्लीमा

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्। बिहीबार बिहान १० बजेको एयर इन्डियाको नियमित उडानबाट उनी नयाँ दिल्ली पुगेका हुन्। दुई सदस्यीय भ्रमण दलमा अर्थमन्त्री वाग्ले र उनका प्रमुख स्वकीय सचिव नवीन ढुङ्गाना सहभागी छन्।