SHARE
पर्दाफास · शुक्रबार​ ७ कात्िक २०८३ ०१:२६ AM · 1 मिनेट पढाइ

मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)ले मनास्लु लार्केपास पदयात्रा खुला भएकाले सतर्कता अपनाएर यात्रा गर्न आग्रह गरेको छ । टानले आज एक सूचना जारी गरी बूढीगण्डकीमा आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त पहुँच मार्ग, पदमार्गका खण्ड, पुल तथा टि हाउस लज धार्चे र चुमनुब्री गाउँपालिकाले संयुक्त रूपमा मर्मतसम्भार गरेसँगै आशिंक रूपमा सञ्चालनमा आएको जनाएको छ ।